Logo
Logo

हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन : बेन्जामिन नेटन्याहु


630
Shares

गाजा सिटी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिवार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएका छन् । 

The current image has no alternative text. The file name is: Benjamin-Netanyahu.jpg

उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ ।

युद्धविराम कार्यान्वयनमा चुनौती

युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ । इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ ।

नेटन्याहुले भने,’युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।’

राफा नाका बन्द

इजरायली प्रधानमन्त्रीको कार्यालयले राफा नाका अर्को सूचना नभएसम्म बन्द नै राखिने जनाएको छ । ‘हमासले बाँकी बन्धकहरूको शव फिर्ता गर्ने र सम्झौताका अन्य बुँदाहरू कार्यान्वयन गर्ने कुराको आधारमा मात्र नाका खोल्ने निर्णय गरिनेछ,’ वक्तव्यमा उल्लेख गरिएको छ । हमासले भने नाका बन्द रहनुले शवको खोजी र हस्तान्तरणमा ढिलाइ गराउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

मानवीय अवस्थाको गम्भीरता

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक टम फ्लेचर शनिवार गाजाको उत्तर क्षेत्रमा पुगेका थिए । उनले भने,’यस क्षेत्रमा पुगेपछि देखिएको विनाश हृदयविदारक छ । यो क्षेत्र लगभग पूर्ण रूपमा उजाड भइसकेको छ ।’

उनले बताए अनुसार, युएन र अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी ६० दिनमा दैनिक एक लाखभन्दा बढी भोजन वितरण गर्ने, स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, बालबालिकालाई विद्यालय फर्काउने,हिउँदको लागि अस्थायी टेन्टहरू उपलब्ध गराउने योजनामा काम गरिरहेका छन् ।

हिंसा अझै जारी

गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिवार इजरायली ट्याङ्क आक्रमणबाट शाबान परिवारका (जना सदस्य ९२ पुरुष, ३ महिला, ४ बालबालिका) को मृत्यु भएको छ । अस्पतालमा आफ्ना परिवारजनको शोकमा डुबेकी उम मोहम्मद शाबानले भने । 

‘मेरो छोरी, श्रीमान् र बच्चाहरू सबै मरे । तिनीहरूले के गल्ती गरेका थिए ?’ इजरायली सेनाले भने उक्त सवारी ‘सुरक्षा रेखा नजिक आएको’ भन्दै कारबाही गरिएको जनाएको छ, तर क्षतिको विस्तृत विवरण भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्