Logo
Logo

गृहमन्त्री अर्याललाई कलाकारले दिए सुझाव


1.3k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा कलाकारहरूसँग भेटघाट गरेका छन् । भेटमा निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्तलगायत कलाकार सहभागी थिए ।

The current image has no alternative text. The file name is: kalakar.jpg

समसामयिक विषयमा छलफल गर्न बोलाएको भन्दै कलाकार ऋचा शर्माले मन्त्रीले विभिन्न क्षेत्रका न्युट्रल व्यक्तिहरूसँग भेटेर सुझाव लिइरहेको बताइन् ।शर्माका अनुसार मन्त्रीले कलाकारहरूको कामबारे बाहिरी दृष्टिकोण र तिनले समाजमा पारेको प्रभावबारे जिज्ञासा राखेका थिए । उनले भने, ‘मन्त्रीज्यूले हाम्रा काम कस्ता देखिन्छन्, के सुधार गर्न सकिन्छ भन्नेमा छलफल गर्नुभयो ।’

कलाकारहरूले सरकारको काम र सूचनालाई पारदर्शी बनाउन, २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न र जेनजी आन्दोलनका शहीदलाई न्याय दिन सुझाव दिएका छन् । मन्त्री अर्यालले समाजका विभिन्न क्षेत्रसँगको संवादबाट सुशासन र प्रभावकारी नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कलाकारहरूले पनि सरकार र जनताबीचको सम्बन्ध सुदृढ गर्न रचनात्मक सुझाव दिने अवसर प्राप्त भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्