Logo
Logo

भ्रष्टाचारको छानबिन तीव्र गतिमा भइरहेको छ : प्रधानमन्त्री कार्की


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सरकारले जनादेशअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बालुवाटारमा आन्दोलनका घाइतेहरूसँगको भेटमा उनले प्रक्रियासम्मत र कानुनी ढङ्गले काम गर्ने बताइन् ।

The current image has no alternative text. The file name is: susila-3.jpg

‘हामी जेनजी आन्दोलनको भावनाबाट विचलित हुँदैनौँ। तोकिएको समयमा चुनाव हुन्छ, भ्रष्टाचारको छानबिन पनि तीव्र गतिमा भइरहेको छ,’उनले भनिन् । प्रधानमन्त्री कार्कीले घाइतेहरूलाई दबाब दिन नछोड्न आग्रह गर्दै छानबिनको नतिजा चाँडै देखिने आश्वासन दिइन् ।

“राज्यका निकायहरूले भ्रष्टाचारविरुद्ध तीव्र कदम चालिरहेका छन् । तपाईँहरू बोलिरहनुहोस्, हामीलाई दबाब दिइरहनुहोस्,” उनले थपिन् । चार घण्टाभन्दा लामो छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । 

घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कडा कदम चाल्न सुझाएका छन् ।  घाइते रुपिन खड्काको नेतृत्वमा गएको १८ जनाको समूहले क्रान्तिकारी कदम चाल्नुपर्ने माग राखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्