Logo
Logo

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण


1.3k
Shares

बेरुत । इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ ।

The current image has no alternative text. The file name is: leblan.jpg

प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो ।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ । सेनाका अनुसार, हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको समझदारीको खुला उल्लङ्घन हो ।

गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समय–समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ । साथै,  फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँचवटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्