Logo
Logo

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नहोस्ः स्वास्थ्यमन्त्री


315
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।

सोमबार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाईतेहरुसँग भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै चुनाव भाँड्नका लागि कुनै पनि पक्षले आन्दोलन गर्न नहुने बताएकी हुन्।

उनले भनिन्, ‘रामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु ।’

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको पनि बताइन् ।

मन्त्री गौतमले घाइते बिरामीहरुले आफूलाई अस्पतालको बेथितिको बारेमा ध्यानाकर्षण गराएको पनि बताइन् । उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागि पर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।

उनले भनिन्– ‘आन्दोलनको मर्म नै यी कुरिती, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु ।’

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्