Logo
Logo

ओलीको विरोध गर्ने नेताहरुको हैसियत महाधिवेशनमा देखिनेछ : महेश बस्नेत


756
Shares

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले उपाध्याक्ष अष्टलक्ष्मी शाक्यलाई नेतृत्वको विरोध गर्ने नेताहरुको हैसियत महाधिवेशनमा देखिने बताएका छन् ।

शाक्यले केपी ओलीको नेतृत्वमा चुनावमा जान नसकिने धारणा राखेपछि नेता बस्नेतले आगामी मङ्सिर २७, २८, २९ गते पोखरामा हुने महाधिवेशनले नेतृत्वको विरोध गर्नेहरुको हैसियत देखिने बताएका हुन् ।

एमालेभित्र अहिले एउटा प्रश्न जबरजस्त उब्जिएको बताउदै उनले आगामी निर्वाचनमा केपी ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि ? अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला ? भन्दै प्रश्न गरेका छन् ।

नेता बस्नेतले परिस्थिति प्रतिकूल बनेको बेला मौका हेरेर अध्यक्ष ओलीलाई विस्थापित गर्ने, पार्टी बदनाम गराउने र आफ्ना लाभका प्राप्तितर्फ लाग्नेहरु कराउन थालेको भन्दै आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्