Logo
Logo

रोकिराखेको ट्रकमा दुई बस ठोक्कियो, ३३ जना घाइते


378
Shares

काठमाडौं । चतवनमा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । गएराति करिब पौने २ बजे भरतपुर महानगरपालिका– ९ स्थित टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुईवटा बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पर्याइएको थियो । चितवन मेडिकल कलेजमा १५, नेसनल सिटी अस्पतालमा १३ र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्