Logo
Logo

डा. भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन


1.9k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिएका छन् । यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको लागि निवेदन दिएका थिए । तर, बिहीबार निर्वाचन आयोग पुगेर उनले दल दर्ता को निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिँदा ५४ जना सदस्य थिए । देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको दाबी गर्दै भण्डारी निर्वाचन आयोग पुगेका थिए ।

२१ औँ शताब्दीमा गरिबी सैह्य नहुने र राजनीति संविधानवादको सिमानाभित्र सीमित हुनुपर्ने भन्दै दल दर्ता गर्न अगाडि सरेका भण्डारी केही दिनमै दल दर्ताको निर्णयबाट पछाडि हटेका हुन् । यद्यपी दल दर्ताको निवेदन फिर्ताको मागमाथि आयोगले निर्णय गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्