Logo
Logo

सरकारले अझै सुनेन नर्सका माग, आजपनि प्रदर्शन


567
Shares

file photo

काठमाडौं । सरकारी ऐनले व्यवस्था गरेअनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै नर्सहरुले आज प्रदर्शन गरेका छन् । आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर दुई घण्टा प्रदर्शन गरेका छन् । आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

दोस्रो चरणको आन्दोलनमा रहेका नर्सहरुले नेपाल नर्सिङ संघको आव्हानमा कार्तिक १२ गतेदेखि १८ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अत्यावश्यक सेवा बाहेक नर्सिङ सेवा बन्द गरेर विरोध गरिरहेका छन् । उनीहरुले कार्तिक १८ गते स्वाथ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने बताएका छन् ।

मानव जीवनसंग प्रत्यक्ष जोडिएको संवेदनशील स्वास्थ्य सेवामा कार्यरत दक्ष नर्सिङ जनशक्तिलाई जीविकोपार्जन समेत गर्न नसकिने गरी अति न्युन तलव सुविधा दिई काम लगाएको विरुद्धमा नेपाल नर्सिङ संघले नेपाल सरकारले तोकेको न्युनतम तलव तथा सुविधा उपलब्ध गराउनुपर्छ भन्दै पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराउँदै थियो ।

नर्सिङ संघले संयमित रुपले गरिएको अनुरोधलाई सम्वन्धित निकायवाट सुनुवाइ नभएको भन्दै देशैभरका स्वास्थ्य शिक्षण सस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मीहरु आफु कार्यरत संस्थासंग न्युनतम सेवा सुविधाको माग गर्दै आन्दोलित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्