Logo
Logo

वायु सेवा निगमको महाप्रबन्धक अब खुला प्रतिस्पर्धाबाट


441
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धक अब खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: bausewa.jpg

विभागीय मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले आज समिति गठन गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्यका रूपमा चयन भएका छन् । मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ । नयाँ महाप्रबन्धक नियुक्त नहुञ्जेल निगमका वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको रूपमा काम गर्नेछन् ।

यो व्यवस्था प्रधानमन्त्रीको सचिवालयले गरेको हो । यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले सम्हाल्नेछन् ।

युवराज अधिकारीलाई तत्कालीन मन्त्रिपरिषद्ले चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेकोमा उनको कार्यकाल ७ कात्तिकमा सकिएको थियो । उनी ९ कात्तिक २०७८ मा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्