
युरोप र भारतमा प्रचलित ट्यारोट रिडिङ अहिले नेपालमा फस्टाउँदै छ । विगत दुई वर्षदेखि दीपिका देवकोटा ट्यारोट नेपाल सञ्चालन गर्दै आएकी छिन् । उनीसँग सल्लाह, सुझाव लिन चर्चित कलाकारदेखि व्यापारीहरूसम्म आउँछन् । मुम्बईको युदेनी इन्स्टिच्युटबाट ट्यारोट रिडिङको फाउन्डेसन कोर्स, अंक विज्ञान, रुद्राक्ष थेरापीका साथै हस्ताक्षर सम्बन्धित ज्ञान हासिल गरेकी दीपिका आठ वर्षको शैक्षिक पेशालाई त्यागेर अहिले आध्यात्मिक जीवनमा सक्रिय छिन् । उनको रिडिङको एकुरेसी मिल्ने भएकोले धेरै मानिसहरू उनीकहाँ आफ्नो समस्याहरू समाधानका लागि आउने गर्छन् । सबै खालका उमेर समूहका व्यक्तिहरू उनीसम्म आइपुग्छन् । विशेषगरी हिलिङ थेरापी, औरा क्लिजिङ, आकाशे क्लिजिङ, निम्रोलोजी, वास्तुशास्त्र सँगसँगै एस्ट्रोलोजीमा दखल भएकी दीपिका देवकोटासँग एमपी सुब्बाको जम्काभेट :
हाल केमा व्यस्त हुनुहुन्छ ?
अहिले म आध्यात्मिक क्षेत्रमै व्यस्त छु । ट्यारोड रिडिङका साथसाथै आकाशे थेरापी जसले गर्दा रोकिरहेका कामहरू, पारिवारिक सम्बन्ध राम्रो नभएको, जीवनमा अगाडि बढ्न नसकेका व्यक्तिका समस्याहरू निर्मूल गर्ने कोसिस गरिदिन्छु ।
ट्यारोट रिडिङले कसरी काम गर्छ ?
ज्योतिषीले कुण्डली हेरेर जन्मदेखि मृत्युसम्मको बीचमा हुने घटनाहरूलाई सम्बोधन गछैन भने ट्यारोट रिडिङले दिनहुँ जीवनमा भोगिरहेका कुराहरूलाई हेरिन्छ । सानो सानो समस्या समाधानमा गाह्रो भयो भने यसले समाधान गर्छ । कुन काम गर्ने वा कुन काम नगर्ने भन्ने ठिक÷बेठिक छुटाउँछ । उदाहरणका लागि कुनै मिटिङ गर्नुपर्ने छ भने त्यो मिटिङ गर्दा ठिक हुन्छ कि हुँदैन वा त्यसको निष्कर्ष के निस्किन सक्छ भन्ने कुरा सम्बोधन गर्छु ।
त्यसो भए नेपालको राजनीतिक अवस्था कहाँ पुग्न सक्छ ? समयमै चुनाव हुने सम्भावना कतिको छ भन्न सक्नुहुन्छ ?
पछिल्लो समयमा जेएन–जीको आन्दोलनले नेपालको राजनीतिमा उथलपुथल नै ल्याएको छ । यो आन्दोलन धेरै नलम्बिने र नतिजा दुई÷तीन दिनमै आउँछ भनेको थिएँ । मैले विभिन्न संचार माध्यममा धेरै अगाडि एउटा अन्तर्वार्तामा रवि लामिछाने छुटेर फेरि फर्केर जानुहुन्छ भनेको थिएँ । जुन यो जेन–जीको आन्दोलनको घटनाले मेल खायो । ६ महिनामै चुनाव गर्न असम्भव जस्तै देखिएको छ । आन्दोलनमा धेरै क्षतिहरू भएको छ । धेरै सार्वजनिक भौतिक पूर्वाधारमा तोडफोड भएको छ । जसले नेपालको अर्थतन्त्रमा निकै गिरावट आएको छ । यो सबै चिज सहज हुनका लागि एकदेखि डेढ वर्षको अवधि लाग्न सक्छ । अनि मात्र चुनावको माहोल बन्न सक्ने सम्भावना देखिन्छ ।
ट्यारोट रिडिङ पेशाको रूपमा कतिको फलदायी छ ?
पछिल्लो समयमा नेपालमा पनि धेरैजना ट्यारोट रिडिङ पेशामा हुनुहुन्छ । जुन धेरै राम्रो कुरा हो । सायद यसमा लकको कुरा पनि आउने गर्छ । उसमा जान्न र बुझ्नका लागि व्यक्ति आफैँमा आध्यात्मिक हुनु आवश्यक छ । जो व्यक्ति अध्यात्मको गहिराइमा पुग्छ, ती व्यक्तिहरू मात्र सफल हुन सक्छन् । यसलाई रहर र पैसा कमाउने हेतुले गरियो भने असफल हुन पुग्छ । सहयोगी भावना र मार्गदर्शन पनि दिन सक्नुपर्छ । महिला दिदीबहिनीहरू वा कुनै पनि व्यक्ति यसमा रुचि छ भने घरमै बसेर पनि काम गर्न सकिन्छ ।
तपाईँ आफूलाई यो पेशाबाट कतिको सन्तुष्टि हुनुहुन्छ ?
मैले यो पेशालाई एउटा सहयोगी भावनाका साथ लिँदै आइरहेकी छु । न कि केवल पैसा कमाउनलाई मात्र मैले यो आफ्नो पेशालाई इमान्दारिता साथ काम गर्दै आइरहेकी छु । मकहाँ आउने व्यक्तिहरू समस्याको समाधान खोज्नको लागि आउनुहुन्छ र उहाँहरुलाई मार्गदर्शन दिने काम गर्छु । उहाँहरू खुसी हुनु र समस्याको समाधान हुनु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो । समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू, ठूला व्यापारिक घरानाका व्यक्तिहरू र चर्चित नायिकाहरू आउने गर्नुहुन्छ । म आफ्नो कामप्रति सन्तुष्टि छु ।
तपाईँले प्राप्त गर्नुभएको ट्यारोट रिडिङको ज्ञान अरुलाई पनि बाँड्दै हुनुहुन्छ । कस्तो खालको कार्यशाला गराउनुहुन्छ ?
पछिल्लो समयमा धेरैजना यो पेशामा आकर्षित हुनुहुन्छ । उहाँहरू पनि आफ्नो भविष्य यसमा खोज्दै हुनुहुन्छ । मैले प्राप्त गरेको केही ज्ञान, अनुभव र सिकेका कुराहरू बाँड्ने काम गर्दै आइरहेकी छु । मसँग सिक्ने विद्यार्थीहरू खुसी छन् । यो ज्ञान प्राप्त गर्नका लागि गुरुको सिद्धि प्राप्त गर्नुपर्छ । मैले मेरो वर्कशपमा विशेषगरी ट्यारोट रिडिङ, एनर्जी हिलिङ, निमोलोजी, चक्रका ज्ञानहरू सिकाउँदै आइरहेकी छु ।
अन्त्यमा युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
आज धेरैजना युवाहरू डिप्रेसनका शिकार भइरहेका छन् । जीवनमा कसरी अगाडि बढ्ने भन्ने सोचमा परिरहेको हुन्छ । हामीले हाम्रो जीवन निकै सहज बनाउन पर्छ । जीवनमा जतिसुकै कठिनाइ आएतापनि त्यसलाई सहज रुपले अँगाल्न सक्नुप¥यो । एउटा भनाइ नै छ– जीवन एउटा संघर्ष हो । जतिसुकै बाधा अर्चन आए पनि त्यसको सामना गर्दै अगाडि बढ्नुपर्छ । सफलता प्राप्त गर्न ढिलो होला तर निश्चित समयमा त्यो सफलता प्राप्त हुन सक्छ । त्यसका लागि निरन्तर प्रयास, आत्मबल र आत्मविश्वास आवश्यक छ । समस्या भयो भनेर पछाडि पर्नु हुँदैन । अमूल्य जीवनलाई खेर नफालौँ ।











