Logo
Logo

भिरबाट अटो खस्दा २ जनाको मृत्यु, ५ घाइते


630
Shares

काठमाडौं । रुकुमपूर्वमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गएराति मध्यपहाडी लोकमार्गको भूमे गाउँपालिका–१ स्यावालस्थित रा.१ ह ६७९७ नम्बरको अटो दुर्घटनामा परेको हो ।

दुर्घटनामा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरूको रुकुमपूर्व अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीया ब्युटी पुन, २ वर्षीया बालिका समृद्धि पुन र ३ वर्षीय बाल सक्षम घर्ती घाइते भएका छन् । उनीहरू सबै सामान्य उपचारपछि घर फर्किएका छन् ।

दुर्घटनापछि अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्