Logo
Logo

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


126
Shares

काठमाडौं । ११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610.jpg

सरकारले ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिएको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले रिट दायर गरेका थिए । 

उनीहरूले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन आवश्यक रहेको भन्दै अन्तरिम आदेश माग गरेका थिए । निवेदकको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्