Logo
Logo

पहिरोको कारण अलपत्र नागरिकहरूको सकुशल उद्धार


126
Shares

गोरखा । गोरखाको धार्चे गाउँपालिका-३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।उक्त विषयमा जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको आइतबार उद्धार गरी माछीखोलातर्फ पठाइएको हो । उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस्