Logo
Logo

फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार


567
Shares

कास्की । पोखरा महानगरपालिका-६ लेकसाइड स्थित फेवातालमा आज डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।

डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका-३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षिय लालमान थारु फेवातालमा डुबेका थिए ।

घटना बारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल  नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट  सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त  विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्