Logo
Logo

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आजपनि बस्दै


252
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजपनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हिजो देखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यले बैठकको एजेन्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, संगठनात्मक कार्ययोजनालगायत एजेन्डा रहेको छ । यही कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्यांक्वेटमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्