कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार सन् २०२६ को बजेटमा रक्षा खर्च र पूर्वाधार लगानीमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेका छन् ।

माल्दिभ्सको सरकारी सञ्चारमाध्यम पिएसएम न्यूजका अनुसार विजय दिवस समारोहका क्रममा मुइज्जुले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति मुइज्जुले भने, ‘सरकारले सन् २०२६ को लागि रक्षासम्बन्धित कार्यक्रमहरूको लागि १८ करोड १० लाख ५६ हजार अमेरिकी डलर छुट्याएको छ ।’
उनले भने, ‘सरकारले भौतिक पूर्वाधार र मानव पुँजी विकास दुबैमा नयाँ ध्यान केन्द्रित गदै आएको छ भने विगत दुई वर्षमा रक्षा क्षेत्रले विशेष प्राथमिकता पाएको छ।’ ‘यो लगानीको एक प्रमुख तत्व माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल र माल्दिभ्स प्रहरी सेवाले प्रयोग गर्ने सुविधाहरूको पुनस्र्थापना हो,’ उनले भने ।
भौतिक स्तरोन्नतिको समानान्तरमा सरकारले माल्दिभ्स राष्ट्रिय सेवा कार्यक्रम मार्फत युवा संलग्नतामा आफ्नो लगानी विस्तार गर्दैछ। अर्को वर्षको सुरुमा, यस पहलले वार्षिक एक हजार युवाहरूलाई रोजगारी प्रदान गर्नेछ ।











