Logo
Logo

माओवादी महाधिवेशन आयोजक समितिबाट पार्टी एकताको एजेन्डा पारित


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ । बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।

The current image has no alternative text. The file name is: maobadi-1.jpg

प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले पारित गरेका हुन् । त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेनजी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका निम्ति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्