Logo
Logo

९ दल एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ । यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ ।

The current image has no alternative text. The file name is: maobadi-1.jpg

मङ्गलवार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

माओवादी नेता रामप्रसाद सापकोटा दिपशिखाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ ।  माओवादी केन्द्रबाट पारित भएको यो नामबारे अन्य एकतामा रहेका पार्टीहरूसँग समेत छलफल भएर अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्