Logo
Logo

कार्यालय तोडफोड र आगजनी गर्नेविरूद्ध अख्तियारले दियो जाहेरी


252
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा तोडफोड र आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ । अख्तियारले मङ्गलवार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा २४ करोड रुपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको हो । कार्यालय तोडफोड र आगजनी गर्नेहरूको भिडिओरफोटोसहित प्रहरीमा जाहेरी दिइएको जनाएको छ । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा अख्तियारको कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्