Logo
Logo

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमणमा दुई जनाको मृत्यु


441
Shares

वासिङ्टन । पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।

The current image has no alternative text. The file name is: usa.jpg

राष्ट्रपति ९डोनाल्ड० ट्रम्पको निर्देशनमा, युद्ध विभागले एक नामित आतङ्कवादी सङ्गठनद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जहाजले लागुऔषध बोकेको दाबी गर्दै हेग्सेथले आफ्नो पोस्ट मार्फत जनाएका छन् ।
 
आक्रमणमा कुनै अमेरिकी सेनाहरू प्रभावित नभएको उल्लेख गर्दै आतंककारीहरूको डुङ्गामा सवार दुई जनाको मृत्यु भएको जनाएको हो ।  सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगाहरुमा आक्रमण गर्दा  ६६ जनाको मृत्यु भएको दाबी गरेको छ ।

ट्रम्प प्रशासनले अगस्ट देखि क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरेको छ । शुक्रवार ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य सुविधाहरूमा आक्रमण गर्ने मिडिया रिपोर्टहरूको खण्डन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र भूमि आक्रमण गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय नगरेको बताएका थिए ।  

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने बारम्बार आफ्नो सरकारलाई अपदस्थ गर्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको स्वरूपको वाशिंगटनको कार्यहरूको निन्दा गरेका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले गत महिना समुद्रमा लागुऔषध संदिग्धहरूको हत्या अमेरिकी सरकारले गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्