Logo
Logo

आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैनः प्रचण्ड


252
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन इतिहासमा अविस्मरणीय हुने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा उनले एकढिक्का भएर देशका अघि देखिएका चुनौतीको सामाना गर्न सक्ने विश्वास पैदा भएको बताए ।

उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ । किनकि एकैसाथ १० वटा घटकको एकता भएको सम्भवतः इतिहास नेपालमा छैन । दुईवटा, तीनवटा मिल्ने त भयो होला ।’

उनले एकता अभूतपूर्व, असाधारण रहेको बताए । एकताको पछाडि जेनजी आन्दोलनको भूमिका रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्