Logo
Logo

राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्ति एक भएका हौँ : संयोजक प्रचण्ड


189
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachanda-1.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताए।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उनले भने ।

विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गरे । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उनले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीलाई देशको १ नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गर्दै उनले देशभर एकता घोषणा अभियान र चुनावी गतिविधि सञ्चालन गरिने बताए ।

आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै नबिर्सने उल्लेख गर्दै संयोजक दाहालले भने, “सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक सङ्घर्षबाट गुज्रेका नेताबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ ।”

प्रतिक्रिया दिनुहोस्