
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ । महानगरले आज सूचना जारी गर्दै करार सेवामा कर्मचारी पदपूर्ति गर्न भन्दै आवेदन माग गरेको हो ।
सूचनाअनुसार २३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगीका लागि आवेदन माग गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिन सक्नेछन् भने यो सूचनाको विस्तृत विवरण काठमाडौ महानगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ ।















