Logo
Logo

वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास


378
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको प्रयास सुरु भएको छ ।

जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले भट्टराईको मध्यस्थतामा छलफल सुरु भएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईका अनुसार नयाँ बानेश्वरको एक होटमा नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको हो ।

बैठकमा प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यावाहक सभापति डीपी अर्याल, कुलमान घिसिङको उज्यालो नेपाल अभियानका तर्फबाट गणेश घिसिङ, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालगायत उपस्थित छन् ।

यो छलफल सरकारलाई निर्वाचन केन्द्रित बनाउने, वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने तथा राजनीतिक समसामयिक विषयमा केन्द्रित रहेको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्