Logo
Logo

विमानस्थल अवरुद्ध हुँदा कतार एयरवेजको जहाज ढाका डाइभर्ट


945
Shares

काठमाडौं । कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ । विमानस्थलमा ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।

The current image has no alternative text. The file name is: Quatar-1024x500-1.jpg

झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो । यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या हुँदा आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ । विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्