Logo
Logo

दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलन बहिस्कार गर्ने ट्रम्पको घोषणा


189
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

दक्षिण अफ्रिकामा गम्भीर मानवअधिकार उल्लंघनका घटना नरोकिएको आरोप लगाउँदै ट्रम्पले नोभेम्बर २३ र २३ मा दक्षिण जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलन बहिस्कार गर्ने घोषणा गरेका हुन् ।

उनले राष्ट्रपतिको कार्यभार सम्हालेयता अमेरिका र दक्षिण अफ्रिकाबीच सम्बन्ध चिसिएको छ । गत फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई अमेरिकी सहायतामा रोक लगाएका थिए ।

ट्रम्पले दक्षिण अफ्रिकाले ल्याएको जमिनसम्बन्धी कानुनले श्वेत किसानहरूको जमिन जफत गरेको र गोरा किसानहरूमाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन्।

उनले शताब्दियौंसम्म श्वेत (गोरो छाला भएका) हरूको दमन सहेर तीन दशकअघि मात्रै मुक्ति पाएको अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार गरेको आरोप पनि लगाएका छन्।

’दक्षिण अफ्रिकामा गोरो अफ्रिकानरहरू (डच, फ्रेन्च र जर्मन वंशका आप्रवासी सन्तान) मारिँदैछन्, उनीहरूको जग्गा र फार्महरू अवैध रूपमा कब्जा गरिँदैछन् । जबसम्म यी मानवअधिकार उल्लङ्घनहरू रोकिँदैनन्, कुनै पनि अमेरिकी अधिकारी दक्षिण अफ्रिका जाने छैनन्,’ ट्रम्पले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्