काठमाडौं । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको छ ।
प्रहरीले उनको घरबाट हायातको तीन थान टेलिभिजन समेत बरामद गरेको छ । हायात रेजेन्सीको क्यासिनोबाट उक्त टीभी आफूले ल्याएको उनले स्वीकारेको प्रहरीले बताएको छ । जेनजी आन्दोलनको क्रममा २४ भदौमा हायातमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।














