काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार टेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.९० अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार ५ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसमध्ये सागर डिष्टिलरीको सेयर आजदेखि कारोबारमा आएको हो । त्यस्तै, रु रु जलविद्युत परियोजना र १०।२५ प्रतिशत नेपाल एसबिआई बैङ्क डिबेञ्चर २०८३ को मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको करिब २२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैङ्क, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।











