Logo
Logo

नेप्सेले दियो गिरावटलाई निरन्तरता


252
Shares

काठमाडौं । मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

नेप्से परिसूचक २७.६४ अङ्क घटेर २५९५.२४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य  ३१ रुपैयाँ ७० पैसा बढेर ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत् कम्पनीको करिब साढे २२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैङ्क, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्