Logo
Logo

दलमा आवद्ध शिक्षक र कर्मचारीलाई बर्खास्त गर्ने सरकारको चेतावनी


567
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारबाही गरिने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानकर्षण गराउँदै दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका हुन् ।

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखे समेत जानकारी गराउँदछु,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको मन्त्री पुनको दाबी छ । ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,’ मन्त्री पुनले भनेका छन् ।

शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको मन्त्री पुनले जनाएका छन्।

‘सङ्घ सङ्गठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्