Logo
Logo

युवराज सफलको पार्टी निर्वाचन आयोगमा दर्ता, सभापतिमा डा.सुरेन्द्र भण्डारी


4.3k
Shares

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ । यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो ।

The current image has no alternative text. The file name is: yubraj.jpg

अधिवक्ता भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि यहीँ कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए ।

अधिवक्ता भण्डारी सभापति रहेको पार्टीमा अभियन्ता युवराज पौडेल सफल उपसभापति रहेका छन् भने अर्का उपसभापति डा.प्रकाश पौडेल रहेका छन् ।

यस्तै महामन्त्री पुजनजंग गुरुग, कोषाध्यक्ष दिपलाल जोशी रहेका छन् । २८ सदस्यीय केन्द्रीय समिति रहेको छ । केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी निरा भण्डारी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्