Logo
Logo

निर्वाचन आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेताहरू


1.4k
Shares

काठमाडौं । दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरू दल दर्ताका लागि आवश्यक कागजात सहित निर्वाचन आयोग पुगेका हुन् ।

The current image has no alternative text. The file name is: neta-2.jpg

केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरूले पार्टी एकताको घोषणा गरेका थिए । पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली कम्युनिस्ट पार्टी राखेका थिए ।

वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन् । यसअघि २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । आज १० दलका नेताहरू दल दर्ताका लागि आवश्यक कागजात बोकेर आयोगमा पुगेका हुन् ।

एकतापछि बनेको नयाँ दल नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने सहसंयोजकमा माधवकुमार नेपाल छन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्