Logo
Logo

महाकालीमा अलपत्र पुलले आर्थिक नाका विकास योजना अन्योलमा


189
Shares

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल अलपत्र हुँदा यसलाई सुदूरपश्चिमको प्रमुख आर्थिक नाका बनाउनुपर्ने योजना अन्योलमा परेको छ । हालसम्म पुलको ९५ प्रतिशत काम पूरा भइसके पनि बाँकी काम पूरा हुन सकेको छैन।

The current image has no alternative text. The file name is: mahakali_pool.jpg

महाकाली पुल निर्माण योजना कार्यालयका सूचना अधिकारी रवि शाहका अनुसार, सरकारी उदासीनताका कारण निर्माण कार्य अलमलमा परेको छ। यस पुललाई महाकाली करिडोरसँग जोडेर व्यापारिक नाका विस्तार गर्ने योजना पनि प्रभावित भएको छ।

चार वर्षअघि महाकालीमा आएको बाढीले पुल निर्माणमा ढिलाइ गराएको थियो । गत वैशाखमा सरकारले पुललाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी ड्याम पुनर्निर्माण जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले तीन महिनामा काम सकिसके पनि बाँकी निर्माण कार्य अझै रोकिएको छ।

पुलसँगै बन्ने ‘गाइडबण्ड’ निर्माणका लागि ढाँचा परिर्वतन स्वीकृत भए पनि ‘भेरियसन आदेश’ नआएपछि ठेक्का पाएको निर्माण कम्पनीले काम रोकेको योजना कार्यालयले जनाएको छ। अहिले पुलको बायाँतर्फ २६२ मिटर गाइडबण्ड क्षतिग्रस्त छ।

सडक विभागको सहसचिव थानेश्वर खत्री नेतृत्वमा आज अनुगमन टोली निर्माणस्थल पुगिसकेको छ। सूचना अधिकारी शाहका अनुसार सेनाले अस्थायी संरचना बनाएर रु २० करोड भुक्तानी गरिसकेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले पुल निर्माण ढिलाइप्रति चिन्ता व्यक्त गर्दै, “९५ प्रतिशत काम भइसकेपछि पनि स–साना समस्यामा ध्यान नदिनु दुखद् छ। पुल र दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण भएपछि पश्चिमी नाका मुलुकको ठूलो आर्थिक नाका बन्न सक्छ,” भने ।

प्रतिक्रिया दिनुहोस्