Logo
Logo

अहिलेलाई रेल छुट्यो, जर्नादनसँग अर्को स्टेसन भेट हुन्छ: वर्षमान पुन


945
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् । दल दर्ताका लागि निर्वाचन आयोग पुगेका पुनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: barsaman.jpg

पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका थिए । जवाफमा पुनले , ‘जनार्दन, घनश्याम (भुसाल)जीहरू हामीसँगै हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनको एउटा घुम्तीमै हुनुहुन्छ । हामी मूल बाटो लाग्यौँ । उहाँहरू घुम्तीतिर केही कुरामा अलमलिनुभएको जस्तो लाग्छ ।’

प्रचण्ड र माधवकुमार नेपालले एकतामा आउन अपिल गरेको स्मरण गर्दै उनले भने, ‘रेल छुटेको हो । विभिन्न स्टेसनमा रोक्दै नयाँ प्यासेन्जर पनि लिएर हिँड्ने भएको हुनाले अर्को स्टेसनसम्म उहाँहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

एउटा स्टेसनमा नभेटे अर्को स्टेसन र त्यसमा पनि नभेटे अर्को स्टेसनमा भेट हुने उनको अपेक्षा छ । रेल भन्नुको अर्थक्रान्ति भएको उल्लेख गर्दै उनले क्रान्तिका क्रममा सबैसँग भेट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्