Logo
Logo

मुख्यमन्त्री नियुक्ति विवाद : तोडफोड र नाराबाजीमा उत्रिए सात दल


1.7k
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । सोमबार बिहानै एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्ति गरिएपछि मधेश भवनमा तोडफोड भएको हो ।

मधेसका सात दलका नेता र कार्यकर्ताले प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड गर्नुका साथै नवनियुक्त मुख्यमन्त्री यादव र प्रदेश प्रमुख सुमित्रा भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादव कार्यालय जाने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएर नाराबाजी गरेका हुन् ।

त्यस्तै उनीहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय लगायत अन्यमा पनि तालाबान्दी गरेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान सबेरै सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौंतर्फ हिँडेकी उनले बर्दिवासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्रीको शथप ग्रहण गराएकी थिइन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुखले उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्