
काठमाडौं । कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
विसं १९४२ कात्तिक २५ गते आइतबार जन्मिएका महागुरु फाल्गुनन्द लिङदेनको विसं २००५ मा निधन भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन् । उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।














