Logo
Logo

राप्रपाले सोध्यो मधेसमा मन्त्री बनेकी विच्छालाई स्पष्टीकरण


945
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशमा मन्त्री बनेकी आफ्नो पार्टीकी सांसद कञ्चन विच्छा साहलाई स्पष्टीकरण सोधेको छ । राप्रपा केन्द्रीय अनुशासन समितिले आज मन्त्री विच्छालाई २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

राप्रपाको नीतिविपरीत उनी प्रदेश सरकारमा सामेल भई मन्त्री बनेको आरोप छ। विच्छा एमाले संसदीय दल नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेकी थिइन्।

‘पार्टी र पार्टीका नेतृत्व सँग कुनै छलफल र परामर्शबिना तपाई नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठति मन्त्रीमण्डलमा समावेश भएकोले पार्टीको नीति, सिद्धान्त र हित विपरित हुने गरि गैह्रजिम्मेवारपूर्ण एवं अनुशासनहिन कार्य गर्नु भएको देखिन्छ सो सम्बन्धमा तपाइलाई राप्रपाको विधान २०४८ (शंसोधन सहित २०७८) को दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने होरु नपर्ने भए प्रमाणसहित २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ अनुशासन समिति सचिव भक्तिप्रसाद सिटौलाले मन्त्री विच्छालाई पठाएको पत्रमा भनिएको छ।

विच्छा मन्त्री बनेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारबाट फिर्ता आउन भनेका थिए। तर पनि उनले पदबाट राजीनामा दिएकी थिइनन्।

प्रतिक्रिया दिनुहोस्