जनकपुरधाम । जनकपुरधामा जारी सात दलको आन्दोलनक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ ।

मधेश भवनभित्र पुगेका प्रदेश सांसदहरू प्रहरीको कुटाइबाट घाइते भएका छ । स्थिति नियन्त्रणमा लिने प्रयासमा भएको लाठी चार्जमा परेर नेपाली कांग्रेस मधेश प्रदेश सभा सचेतक कुँवरकान्त झा र जनमतका सांसद सञ्जय यादव घाइते भएका छन् । अन्य सांसदहरू पनि घाइते भएको पाइएको छ ।
प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।














