Logo
Logo

नेपाल वायु सेवा निगमले माग्यो महाप्रबन्धक


504
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै निगमले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा महाप्रबन्धक नियुक्ति गर्नका लागि दरखास्त माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्