Logo
Logo

चुनावअघि अधिवेशन गर्नै पर्ने भए विशेष अधिवेशनमा जाऔँ: सहमहामन्त्री राठौर


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा उनले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको बताए ।

राठौरले भने, ‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो । त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’

उनले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । ‘होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ राठौरले भने, ‘फेस गरौँ विशेष अधिवेशन । हामी फेस गर्न तयार छौँ ।’

राठौरले १४ औँ महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरे । ‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई रु अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरुवाहरूले त चाहेका छन्, छन् । केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’

प्रतिक्रिया दिनुहोस्