Logo
Logo

मलेसियन क्रिकेट सङ्घले सीओओमा विनोद दास नियुक्त


0
Shares

काठमाडौं । मलेसियन क्रिकेट सङ्घले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । सङ्घले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ । 

The current image has no alternative text. The file name is: binod-dash.jpg

सङ्घले दाससँग क्रिकेट सञ्चालन, प्रशिक्षण तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमको क्षेत्रमा व्यापक अन्तर्राष्ट्रिय अनुभव रहेको उल्लेख गरेको छ । 

मलेसियन क्रिकेट सङ्घले उनको अनुभवबाट क्रिकेट सञ्चालन तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्