Logo
Logo

स्काइडाइभिङका लागि पोखरा आकर्षण केन्द्र


315
Shares

पोखरा अहिले साहसिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हट एयर बलुनसँगै स्काइडाइभिङले पनि यहाँको पर्यटनमा नयाँ आकर्षण थपेको छ ।

The current image has no alternative text. The file name is: skydiving.jpg

सन् २०१० (वि.स. २०६७) मा परीक्षण उडानबाट सुरु भएको स्काइडाइभिङ हाल इनस्काइ स्काइडाइभ कम्पनीले सिम्रिक एयरसँग मिलेर सञ्चालन गर्दै आएको छ । नोभेम्बर १ देखि सुरु भएको यो सत्र शनिबारसम्म चल्नेछ । कम्पनीका अनुसार यसपटक ५२ जना नेपाली र विदेशीले स्काइडाइभिङमा सहभागी हुँदैछन्, जसमा १२ जना रसियन जम्पर पनि छन् ।

हाल नागरिक उड्डयन प्राधिकरणले १५ दिनका लागि मात्र अनुमति दिँदै आएको छ । स्काइडाइभिङलाई नियमित बनाउन ‘मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र आरएओसी आवश्यक छ, जसका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

नेपाली प्रशिक्षकहरूले नै हाल पोखरामा स्काइडाइभिङ सञ्चालन गरिरहेका छन् । प्रशिक्षक एलिस थापाका अनुसार नेपालीका लागि स्काइडाइभिङको मूल्य रु। ९५ हजारदेखि १ लाख ५० हजारसम्म तोकिएको छ भने विदेशीका लागि ७५० देखि १२०० डलरसम्म छ ।

तेह्र हजार फिट उचाइबाट हेलिकप्टरबाट हाम फालेर करिब ५० सेकेन्डमा प्यारासुट खोल्ने र ७–८ मिनेटसम्म आकाशमा उडान गरिन्छ । प्रशिक्षकहरूका अनुसार पोखराको प्राकृतिक सौन्दर्य र हिमाली दृश्यले स्काइडाइभिङ गर्ने जो–कोहीलाई अभूतपूर्व अनुभव दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस्