Logo
Logo

मतदाता दर्ता अवधि बढाउन र मतदान उमेर घटाउन पौडेलको माग


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि कार्तिक मसान्तसम्म थप गर्न निर्वाचन आयोग र सरकारसँग माग गरेका छन् ।

The current image has no alternative text. The file name is: pradip-paudel-.jpg

उनका अनुसार दर्ता केन्द्रमा लामो लाइन र ढिलो प्रक्रिया भएकाले धेरै नागरिक नाम दर्ताबाट वञ्चित हुने अवस्था छ । त्यसैले छिटो र व्यवस्थित सेवा सुनिश्चित गर्न थप जनशक्ति र उपकरण व्यवस्था गर्नुपर्ने उनको आग्रह छ ।

पौडेलले १६ वर्ष उमेर समूहलाई मतदान गर्ने र उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाउनुपर्ने माग पनि गरेका छन् । उनका अनुसार अधिक नागरिक सहभागितामार्फत मात्र जनताले चाहेको नेतृत्व निर्वाचित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्