Logo
Logo

गृहमन्त्रीले जेनजीका माग पूरा गर्न सकेनन्, निर्वाचनमा जाँदैनौँ: सुदन गुरुङ


1.2k
Shares

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै आन्दोलन नगरेको बताएका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung-1.gif

गुरुङले आफ्ना मागहरू पूरा नभईकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाइतेका मागहरू पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने उनको माग छ । 

उनले भने, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ ? हाम्रा प्रतिबद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

प्रतिक्रिया दिनुहोस्