Logo
Logo

शेन्ज्होउ-२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए


252
Shares

बेइजिङ । ‘शेन्ज्होउ-२०’ मिशनको सफलतापूर्वक समापन पछि, तीन जना अन्तरिक्ष यात्री शुक्रवार विमानमार्फत बेइजिङ फर्किएका छन् । ‘शेन्ज्होउ-२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्त गरिएको थियो । मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गर्नु थियो ।

The current image has no alternative text. The file name is: chaina.jpg

अन्तरिक्ष यात्रीहरू चेन डङ, चेन झोंग्रुई र वाङ जे शेन्ज्होउ-२१ यानमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । यान शनिवार बेलुकी ४ः४० बजे उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गर्‍यो । यानबाट चालक दलका सदस्यहरूले ५ः२१ बजे बाहिर निस्केका थिए ।

चालक दलले २०४ दिन कक्षमा बिताएपछि सबैको स्वास्थ्य राम्रो रहेको  र रिटर्न मिशन सफल भएको चीन म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ ।

अब यी अन्तरिक्ष यात्रीहरू चिकित्सकीय क्वारेन्टिनमा प्रवेश गर्नेछन्, जहाँ उनीहरूको स्वास्थ्य परीक्षण र मूल्याङ्कन गरिनेछ । क्वारेन्टिन अवधि पछि उनीहरूले बेइजिङमा मिडियासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्