
काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु भएको हो ।
मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०÷५० मिटर तल बुङदल माखोलामा खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
उनीहरु दुबै जनाको पहिचान खुल्न बाँकी छ । दुर्घटना सम्बन्धमा विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।











