Logo
Logo

मधेशका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश श्रेष्ठ र निरौलाको इजलासमा


756
Shares

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रदेश सांसदले दिएको रिटमाथि सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध प्रदेश सभामा एमालेबाहेकका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले रिट दायर गरेका थिए ।

उनीहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधान विपरित भएकाले खारेज गर्न माग गरेका छन् । मधेश प्रदेशकी तत्कालीन प्रदेश प्रमुख सावित्रा भण्डारीले उनले दलहरुलाई छलेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

त्यसपछि उनले मुख्यमन्त्री यादवलाई होटलमा शपथग्रहण गराएपछि त्यसविरुद्ध मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दल आन्दोलनमा छन् । उनीहरूले दैनिक प्रदेश सभा अगाडि प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्