Logo
Logo

मुख्यसचिव प्रतिस्पर्धामा को अगाडि ?


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको माइन्युट लेख्ने र प्रमाणीकरण गर्ने अधिकार भएको निजामती कर्मचारीको सर्वोच्च पदका लागि अहिले १५ सचिव प्रतिस्प्र्धामा रहेका छन् । मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते रातिबाट ५८ वर्ष पुगेर अवकाशमा जाने भएपछि त्यो आकर्षक पदमा पुग्नका लागि १५ सचिवहरूले आफ्नो योग्यता र क्षमता प्रस्तुत गरिरहेका छन् ।

केही सचिवहरूले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका छन भने केहीले मुख्यसचिव एकनारायण अर्यालमार्फत नै आफ्नो सन्देश प्रधानमन्त्रीसमक्ष पुर्याएका छन् ।

जेन–जी आन्दोलन र जेन–जी कर्मचारीहरू भने उनलाई तत्काल मुख्यसचिवबाट बिदाइ गर्नुपर्ने लबिइङमा रहे पनि उनले पूरा अवधि काम गरेर बिदा हुँदै गर्दा आफ्नो उत्तराधिकारी पनि अर्याललाई चुन्ने सम्भावना बढी रहेको छ । चारजना वरिष्ठ सचिवलाई पाखा लगाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादमा मुख्यसचिव बनेका अर्याल पछि अन्यथा नभएको भए गोकर्णमणि दुवाडी मुख्यसचिव बन्ने थिए ।

‘जेन–जी’ आन्दोलनमा गृह सचिव रहेका दुवाडी परिचालनमा नराम्रोसँग चुक्दा उनको मुख्यसचिव बन्ने सम्भावना सकिएको छ । दुवाडी मुख्यसचिवबाट यतिबेला ‘रिङ आउट’ भएका छन् । मुख्यसचिव अर्याल र दुवाडीको अवकाश हुने एकैदिन भएकाले पनि उनलाई मुख्यसचिव बनाउनुपर्छ भन्ने बाध्यतामा सरकार छैन । र, दुवाडीलाई काँधमा बोकेर हिँड्ने कांग्रेसका कार्यकर्ताहरू अहिले सरकारबाहिर रहेका छन् ।

सचिवको वरीयतामा दोस्रो नम्बरमा रहेका सुमनराज अर्याल मुख्यसचिवको प्रबल दाबेदार हुन् । उनी हाल रक्षा मन्त्रालयको सचिव छन् । नेपाल प्रहरीको आइजीमा वरीयतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की बढुवा भएको नजिर मुख्यसचिवमा पनि लागू भए सुमनलाई कसैले रोक्न सक्दैन ।

२०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन पनि घर जाने दिन नजिकिँदै छ । उनी मुख्यसचिव भए २०८३ असार २५ गतेसम्म पदमा रहनेछन् । सुमन २०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका हुन् । उनी करिब ८ महिना मुख्यसचिवको भूमिकामा रहनेछन् ।

सुमनले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव, राष्ट्रिय योजना आयोगको सचिव र रक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका छन् । उनी तथ्यांकभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो ।

भरतमणि सुवेदीले राजीनामा दिएपछि सुमनका लागि बाटो खुला भएको हो । सुवेदीलाई भ्रष्टाचारको आरोप लागेपछि उनी सेवाबाट बाहिरिएको चर्चा छ । सुमनपछि खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवी बज्राचार्य शाक्य मुख्यसचिवको लाइनमा छिन् । २०७८ असार १७ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएकी प्रमिला महिला प्रधानमन्त्री भएका बेला मुख्यसचिव बन्ने दाउमा छिन् ।

हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी मुख्यसचिवको दाबेदार हुन् । २०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्यसचिव भए भने एक वर्ष पनि चलाउँदैनन् । उनी २०८३ भदौ २६ गते ५८ वर्ष लागेर घर जानेछन् । बुर्लाकोटी २०२५ भदौ २७ गते धादिङमा जन्मिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवसमेत भइसकेका बुर्लाकोटीको प्रधानमन्त्री सुशिला कार्कीसँग स्वभाव मिल्छ ।

हक्की स्वभावका बुर्लाकोटीले स्वास्थ्यसचिव हुँदा कामचोर कर्मचारी र स्वास्थ्यकर्मीलाई ट्रयाकमा ल्याएका थिए । बुर्लाकोटीले वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, उपराष्ट्रपति कार्यालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएर काम गरेका छन् ।

बुर्लाकोटी भन्दा ३ दिनपछि सचिवमा बढुवा भएका कृष्णहरि पुष्कर कर्ण पनि मुख्यसचिवको लाइनमा छन् । दिनमा एकपटक मुख्यसचिव एकनारायण अर्यालको परिक्रमा गर्ने कर्णले आफूलाई भावी मुख्यसचिवको रूपमा प्रस्तुत गर्दै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कर्ण ३ वर्ष नै मुख्यसचिव चलाउन पुग्ने उमेर भएका व्यक्ति हुन् ।

दोहोरÞ्याएर अर्थ सचिव भएका कर्ण प्रदेश नगई सिधै अर्थ मन्त्रालयको राजस्वसचिव बन्न सफल भएका थिए । कर्णले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिकामा समेत काम गरिसकेका छन् । उपसचिव र सहसचिवमा मधेशी कोटा प्रयोग गरेर कर्ण त्यसैलाई आधार बनाएर मुख्यसचिव बन्ने लबिइङमा छन् । कर्ण २०३१ साल साउन १३ गते महोत्तरीमा जन्मिएका हुन् । उनको सम्भावना भने निकै कमजोर रहेको छ ।

मुख्यसचिवका लागि खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्माहरू प्रतिस्पर्धामा छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि ५८ वर्ष लागेर फागुन १० गते अनिवार्य अवकाशमा जाने भएकाले मुख्यसचिव बन्ने सम्भावना देखिँदैन । शर्मा चाहि २०८३ साउनमा घर जाने भएकाले सुमन अर्याल मुख्यसचिव बनेपछि सम्भावना देखिदैछ । तर उनी पीरआरवाला भएका कारण सहज भने छैन । उनीसँगै गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौलाहरू मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्