
काठमाडौं । विघटित प्रतिनिधिसभामा रहेको नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो ।
तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल हुने जानकारी दिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालिन केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी सुशिला कार्कीले संसद विघट गरेकी थिइन् ।
संसद विघटनलाई ‘असंवैधानिक’ भन्दै आएको एमालेले संसद् पुनस्र्थापना गरिनुपर्नेमा जोड दिइरहेको छ । यता सरकारले भने आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।











